ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

दाङ, ४ बैशाख । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
सोमबार बिहान तुलसीपुर–घोराही सडक खण्ड अन्तर्गत घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नम्बर–१० स्थित खैरा चोकमा ठक्कर दिएको थियो ।
दुर्घटनाका घाइतेमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले बताए । डीएसपी गौतमले दुबै मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए ।
दुबै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


