सिरहामा हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

सिरहा, २ बैशाख । सिरहामा हात्तीले आक्रमण गर्दा एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गोलबजार नगरपालिका–३ गोला मुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगर रहेका छन् ।
छिमेकी घनश्याम आले मगरले नयाँ वर्षको अवसरमा गाउँमा आयोजित नाच हेर्न जाने क्रममा तुलबहादुर राति घरनजिकै हात्तीको आक्रमणमा परेका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारले हात्तीको आक्रमणबाट मृत्यु भएका तुलबहादुरको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


