घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

मोरङ, २ बैशाख । घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिकाका–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो ।
नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु घाँटीमा अड्किएर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मासु पोलेर खाने क्रममा माझीको घाँटीमा अड्किएको थियो । घटना लगत्तै घरपरिवारले उनलाइ उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरेका थिए ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


