तीनवटै तह मिलेर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

काठमाडौं, १ बैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ ।
स्थानीय तहको नेतृत्व एवम् समन्वयमा माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई पनि छोटो अवधिका लागि सीप विकास तालिम सञ्चालन गर्ने भएको छ ।
शिक्षामन्त्री अशोक कुमार राई, जिल्ला समन्वय समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारहरु सहित बसेको छलफलले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
शैक्षिक सत्र २०८० को सुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
पाठ्यपुस्तकको उपलब्धता र विद्यालयमा भएको वितरण सम्बन्धमा स्थानीय तहबाट अनुगमन गरी सुनिश्चितताका लागि समन्वय गर्नेलगायतका निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


