सप्तरी, १ बैशाख । सप्तरी प्रहरीले एटिएमबाट पैसा ननिँस्कदा बुथको ढोकामा तोडफोड गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अग्निसाईर कृष्णसवरण गाउँपालिका–२ बस्ने ३८ वर्षीय सुबास कुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अग्निसाईर कृष्णसवरण–६ महुली बजारस्थित माच्छापुछे बैंकको एटिएमबाट पैसा निकाल्न जाँदा पैसा ननिस्केपछि रिसले दुबैजनाले एटिएमको बुथको ढोकाको सिसा फुटाईरहेको अवस्थामा सेक्युरिटी गार्डले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।