खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

सप्तरी, १ बैशाख । सप्तरीमा खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेका छन् ।
शुक्रबार राजबिराज नगरपालिका–६ स्थित सडक छेउको खाल्टोमा जमेको पानीमा राजविराज नगरपालिका–४ घर भई वडा नम्बर–६ थानगाछि डेरा लिइ बस्दै आएका ५५ वर्षीय गणेश साह मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खाल्डोमा कोल्टो परी मृत अवस्थामा साहलाई देखेपछि स्थानीयले बिहान करिब ६ बजे प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक सोधपुछ अनुसार मृत फेला परेका साहले अत्याधिक मदिरा सेवन गरेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


