मधेस कृषि विश्वविद्यालयले पाएको ३१ करोड ७५ लाख ९७ हजार अनुदानमा दुरुपयोगको गन्ध

जनकपुरधाम, ३० चैत । मधेस कृषि विश्वविद्यालयले प्रदेश सरकारबाट पाएको अनुदान रकम खर्च नै नगरि दुरुपयोग गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार मधेस प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेश कृषि विश्वविद्यालयलाई ३१ करोड ७५ लाख ९७ हजार अनुदान उपलब्ध गराएको थियो ।
कृषि विश्वविद्यालयलाई उपलब्ध गराइएको अनुदानबाट उक्त विश्वविद्यालयले गरेको कार्य, खर्च एवं प्रगतिको अनुगमन मन्त्रालयबाट नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमन नहुँदा अनुदान रकमको उपयोग सम्बन्धमा विश्लेषण गर्न नसकिएको महालेखापरीक्षक टंकमणी शर्मा दंगालले बताए ।
महालेखाले अनुदानको उपयोग सम्बन्धमा नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न सुझाव दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


