जनकपुरधाम, ३० चैत । धनुषाको शहीदनगर नगरपालिकाले गत आर्थिक वर्षमा विद्यार्थी संख्याभन्दा बढी विद्यार्थीका लागि रकम निकासा गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनमा शहीदनगर नगरपालिकाले विद्यार्थी हाजिरी संख्याभन्दा बढी विद्यार्थीका लागि २१ विद्यालयलाई ४२ लाख ६३ हजार बढी निकासा दिएको उल्लेख छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७८ को क्रियाकलाप ७.१ मा दिवा खाजा अनुदान दिँदा विद्यालय सञ्चालन भएको दिनमा विद्यार्थी दैनिक हाजिरी पुस्तिका (परीक्षामा सामेल भएको दिनसमेत) आधारमा दिनुपर्ने व्यवस्था रहेपनि त्यस्तो नगरेको पाइएको छ ।