जनकपुरधाम, ३० चैत । सिरहाको एक पालिकाले चापाकल जडान नै नगरि ७ करोड ५ लाख ४ हजार रुपैयाँ भ्रष्टाचार गरेको छ ।

सिरहाको सिरहा नगरपालिकाले २ हजार २७४ थान चापाकल खरिद गरेर जडान गरिएको भनेपनि प्रमाण पेश नगरेको देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार सिरहा नगरपालिकाले चापाकल जडान बापत ७ करोड ५ लाख ४ हजार भुक्तानी गरेकोमा जडान भएको प्रमाण पेस नगरेको प्रतिवेदनमा उल्लेख छ ।