जनकपुरधाम उपमहानगर : २ करोड ५६ लाख ४६ हजारको गाडी प्रयोगविहीन

जनकपुरधाम, ३० चैत । जनकपुरधाम उपमहानगरपालिकाले जनताको करबाट खरिद गरिएको करोडौंको सवारी साधन प्रयोगविहीन अवस्थामा राखेको छ ।
उपमहानगरले १ करोड ३७ लाख ८६ हजार रुपैयाँमा खरिद गरेको गाडी दुर्घटनापश्चात् विगत ३ वर्षदेखि वर्कशपमा थन्काइएको छ भने १ करोड १८ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको ब्रुमर समेत मर्मत नगरी प्रयोगविहीन अवस्थामा रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले २०७५ असार २५ गते १ करोड ३७ लाख ८६ हजारमा खरिद गरेको गाडी २०७६ माघ ७ गते दुर्घटनामा परेपश्चात् विगत ३ वर्षदेखि वर्कशपमा रही प्रयोग विहीन अवस्थामा रहेको उल्लेख छ ।
यसैगरी उपमहानगरले २०७६ असार २४ गते १ करोड १८ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको ब्रुमर समेत मर्मत नगरी प्रयोगविहीन अवस्थामा रहेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ९४ मा सरकारी सम्पत्तिको हिनामिना नहुने गरी संरक्षण गर्ने कर्तव्य त्यस्तो सम्पत्ति जिम्मा लिने कर्मचारी र कार्यालय प्रमुखको हुने उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


