जनकपुरधाम उपमहानगरपालिकाले २०७५/७६ को वक्यौता रहेकोमा योवर्ष पनि लेखापरीक्षण गराएन

जनकपुरधाम, ३० चैत । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को वक्यौता रहेकोमा यो वर्ष पनि लेखापरीक्षण गराएको छैन ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिका, सर्लाहीको कविलासी नगरपालिका र बसबरिया गाउँपालिका, पर्साको ठोरी गाउँपालिका र रामेछापको लिखु तामाकोशी गाउँपालिकासहित पाँच स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ को वक्यौता रहेकोमा यो वर्ष पनि लेखापरीक्षण गराएका छैनन् ।
त्यस्तै, सर्लाहीको धनकौल गाउँपालिका, पर्साको पकहामैनपुर गाउँपालिका, रौतहटको कटहरिया र गढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बक्यौता लेखापरीक्षण यो वर्ष समेत गराएका छैनन् ।
सर्लाहीको बलरा नगरपालिका र महोत्तरीको सम्सी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा स्रेस्ता पेस नगरेको कारण लेखापरीक्षण बक्यौता रहन गएकोमा हालसम्म लेखापरीक्षण गराएका छैनन् ।
उता, महोत्तरीको गौशाला र लोहररपट्टी नगरपालिका तथा पिपरा र सम्सी गाउँपालिकाले आर्थिक वर्ष २०७३/७४ को वक्यौता लेखापरीक्षण यो वर्ष पनि गराएका छैनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


