जनकपुरधाम, ३० चैत । धनुषा प्रहरीले विद्युत चुहावट गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

बिहीबाार बिहान ५ बजेर ४० मिनेटको समयमा इलाका प्रहरी कार्यालय यदुकुहा र विद्युत वितरण शाखा कार्यालय यदुकुहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।