पर्सा, २९ चैत । सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण नम्बर–१३ बाट खटिएको टोलीले सो रकमसहित धोबिनी गाउँपालिका–५ बस्ने अलिम मिया अन्सारीलाई पक्राउ गरेको हो ।

भिस्वाबाट वीरगञ्जतर्फ आउँदै गरेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा आरोपीको साथमा सो नगद भेटिएको थियो ।

ट्याक्टरमा लिएर आउँदै गरेको अवस्थामा बिज बिजक नभएको २ सय किलो काजु पनि बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए ।

आरोपीलाई बरामद नगद र काजुसहित राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको छ ।