अमेरिकन र चाइनिज पेस्तोलसहित दुई युवक पक्राउ

सप्तरी, २९ चैत । सप्तरी प्रहरीले अमेरिकन र चाइनिज पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–२ महुवा बस्ने सोनु राय र राजविराज–१ डुमरी बस्ने रोशन यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको तिलाठी कोईलाढी गाउँपालिका–१ खाडोखोलास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले चेकजाँचको क्रममा रायको साथबाट मेड इन यूएसए र अर्को पट्टी चाइना लेखिएको अटोमेटिक म्यागजिन सहितको पेस्तोल १ थान बरामद गरेको हो ।
प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार राइलाई सोधपुछ गर्दा राजविराज–१ डुमरी बस्ने रोशन यादवले पेस्तोल दिएको कुरा बताएपछि रोशनलाई समेत पक्राउ गरिएको हो ।
सप्तरी जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान पश्चात अदालतमा पेश हुँदा अदालतले दुबैजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


