सप्तरी, २९ चैत । सप्तरीमा विद्युत चुहावट गरेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ ।

बुधबार बिहान नेपाल विद्युत प्राधिकरण बोदेबर्साईन शाखाका कर्मचारी, नेपाल प्रहरी र सशत्र प्रहरी समेतको संयुक्त टोलीले विद्युत चुहावट गर्ने चारजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बोदेबर्साईन नगरपालिका–१० अमरैया बस्ने राजकुमार मण्डल, खड्क नगरपालिका–११ वनौली बस्ने रामनारायण यादव, चकवा बस्ने कपलेश्वर चौधरी र सुरुङगा नगरपालिका–८ मलहनमा बस्ने अमर लाल साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।