सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

सप्तरी, २९ चैत । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका–४ छपकी भलोल बस्ने देवचन्द्र मुखियाका ११ महिनाका छोरा राज मुखियाको मृत्यु भएको हो ।
घरदेखि पुर्वपट्टि रहेको पोखरीमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर घाइते भएका शिशुलाई छिन्नमस्ता अस्पताल राजविराजमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


