रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारी घाइते

रौतहट, २९ चैत । रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
मेयर पदका उम्मेदवार दीपक यादवले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर गरुडा–५ बस्ने गजेन्द्र यादव घाइते भएका हुन् । गोली यादवको काँखीमा लागेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भएपनि गोली लागे नलागेको यकिन नभएको बताए ।
घाइतेलाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


