सिरहा, २९ चैत । प्रादेशिक अस्पताल सिरहामा आगलागी भएको छ ।

सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो ।

दिउँसो २ बजेको समयमा आगलागी भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो ।

यसैबिच, बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ ।

सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ ।