काठमाडौं, २८ चैत । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । पेजबाट अनधिकृतरूपमा पोष्टसमेत भएको छ ।

पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनले भने, ‘एक्कासि मंगलबार बिहानदेखि समस्या आयो । प्राविधिक टोलीले पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ ।’