सप्तरी, २८ चैत । सप्तरीमा आगोमा जलेर एकजना घाइते भएका छन् ।

मंगलबार बिहान जिल्लाको कञ्चनरुप नगरपालिका–१ बैरवामा आगलागी हुँदा एउटा घर जल्नुका साथै एकजना गम्भीर घाइते भएका छन् ।

आफ्नै घरमा खाना पकाउने क्रममा स्थानीय विनय खंगको चुल्होबाट सल्केको आगोले उनको घर जलेर नष्ट भएको हो ।सो क्रममा बाँधिएको बाछालाई खोल्न जाँदा घरधनी विनय खंग जलेर गम्भीर घाइते भएका छन् ।

उपचारका लागि खंगलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक रायले जानकारी दिए ।

कञ्चनरुप नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको डीएसपी रायले बताए ।