सप्तरीबाट विद्युत चुहावट गर्ने ६ जना पक्राउ

सप्तरी, २८ चैत । सप्तरी प्रहरीले विद्युत चुहावट गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी बस्ने ६० वर्षीय शत्रुध्न यादव, वडा नम्बर–५ लोखरम बस्ने ४० वर्षीय शिवशंकर पंडित, ५५ वर्षीय गंगा सुतिहार, २५ वर्षीय गणेश मेहता, वडा नम्बर–४ लालापट्टी बस्ने ५८ वर्षीय राजेन्द्र प्रसाद यादव र ५० वर्षीय रामचन्द्र रजक रहेका छन् ।
प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत चुहावट गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिप्रकामा बुझाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


