महोत्तरीबाट लागूऔषधसहित तीन युवक पक्राउ

महोत्तरी, २७ चैत । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन–९ बस्ने २४ वर्षीय रोहित कार्की, मकवानपुरको बकैया–७ बस्ने २९ वर्षीय संजु खडका र २२ वर्षीय आशिष खड्का रहेका छन् ।
सम्सी गाउँपालिका–४ स्थित दशगजा नजिकै प्रहरीको गस्ती टोलीले भारतको कन्हवाबाट नेपालतर्फ पैदल आउँदै गरेका तीनैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले खुल्ला चौरको बाटो प्रयोग गर्दे आइरहेका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट फेनारगन ५६ पिस, नुरफिन ५२ पिस र डाईजेपाम ५७ पिस गरी १६५ पिस लागूऔषध बरामद भएको जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


