सप्तरी प्रहरीले लागूऔषधसहित एक युवकलाई समात्यो

सप्तरी, २७ चैत । सप्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरी कार्यालय महुलिबाट खटेको प्रहरीको गस्ति टोलीले राईलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
राईले लागूऔषध ओसारपसार तथा बिक्री बितरण गरिरहेको गोप्य सूचनाको अधारमा प्रहरीले उनको घरमा खोजतलास गर्दा कपडाको झोलामा पोका पारेर राखेको लागूऔषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी जम्मा २३३ एम्पुल बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


