महोत्तरीका दुई स्थानमा आगलागी हुँदा १५ लाखभन्दा बढिको क्षति

महोत्तरी, २६ चैत । बढदो गर्मी र चैत महिनामा चलेको हावाहुरीसँगै दुई दिनभित्र महोत्तरीका दुई स्थानमा आगलागीका घटना घटेका छन् ।
जिल्लाको सोनमा गाउँपालिकाको सोनमा गाँउमा तिनवटा र मनरा शिस्वा नगरपालिको सकरीको एक घरमा आगलागी भएको हो ।
हावाहुरीका कारण घरको छेउबाटै पोलमा बिछ्याइएको ११ हजार पावरको बिजुलीको तार एकआपसमा छोएर सर्टसर्किट भई सोनमाका इन्दल ठाकुर, इन्द्रजित ठाकुर र मनोहर ठाकुरको परालको थुप्रोमा आगलागी भएको छ ।
त्यस्तै, सकरीका लक्ष्मी साहको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागीका कारण करिब १५ लाखभन्दा बढिको क्षति भएको महोत्तरी प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेपनि गाँउपालिका र नगरपालिकाको बारुण यन्त्र समयमा नपुगेपछि भारि क्षति पुगेको स्थानियको गुनासो छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


