धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना

काठमाडौं, २६ चैत । हेली एभरेष्टको ९ एन–एएनबी (एएस–३५०) नम्बरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ ।धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना भएको हो ।
कुनै मानवीय क्षति भएको विवरण भने आएको छैन । कार्गो सामान लिएर उक्त हेलिकप्टर धौलागिरि आधारशिविर पुगेको थियो ।हेलिकोप्टरमा पाइलट प्रिया अधिकारी मात्र रहेको र उनी सामान्य अवस्थामा रहेको बताइएको छ ।
आधारशिविर नजिकै अवतरण गर्ने क्रममा समस्या देखिएपछि पाएलटले फोर्स ल्यान्डिङको गर्न खोज्दा उक्त हेलिकप्टर दुर्घटना भएको जनाइएको छ ।
पाइलटलाई अर्को हेलिकोप्टरबाट तत्कालै उद्धार गरी काठमाडौं लगिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


