उपराष्ट्रपति यादवले जानकी मन्दिरमा गरे विशेष पूजापाठ

जनकपुरधाम, २५ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकी मन्दिरमा विशेष पूजापाठ एवम् दर्शन गरेका छन् ।
शनिवार बुद्व एयरको विमानमार्फत जनकपुरधाम आएका उपराष्ट्रपति यादव जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।
उपराष्ट्रपति यादवलाई मन्दिरका सहायक महन्थ रामरोशन दाससहितका साधुन्तहरुले स्वागत गरेका थिए । उपराष्ट्रपति यादव सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेला जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् ।

उपराष्ट्रपति यादवलाई स्वागत गर्न प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, प्रदेशसभा सदस्य रामअशिष यादव, जसपा नेता पशुपति यादव, बलराम महतो, उर्मिला साहलगायतकाहरु विमानस्थल पुगेका थिए ।
उपराष्ट्रपति यादव गायत्री महायज्ञको उद्घाटन गर्न सिरहाको औरही पुगेका छन् । औरही गाउँपालिका–५ स्थित औरही अस्पताल अगाडि आइतबारदेखि २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञको शुभारम्भ हुन लागेको छ । उक्त महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति यादव त्यहाँ पुगेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


