सर्लाही, २५ चैत । सर्लाहीबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका–२ ईनर्वा बस्ने २० वर्षीय किसन यादव रहेका छन् ।

शनिबार बिहान जिल्लाको मलंगवा नगरपालिका–२ स्थित प्रहरीको टोलीले भारतबाट साइकलमा सवार भई नेपालतर्फ आउँदै गरेका यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले पक्राउ परेका यादवको साथबाट कोडिवेल नामक १०० एमएलको ५० बोत्तल बरामद भएको जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।