रौतहटको पाँचवटा घरमा आगलागी हुँदा लाखौँको क्षति

रौतहट, २५ चैत । रौतहटको पाँचवटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्लाको राजपुर नगरपालिका–९ बैरिया गाउँमा पाँचवटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो ।
स्थानीय रुपनरायन साह कानुको घरदेखि सुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु र राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीमा परी अन्न, लत्ताकपडा धान, जलेर १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनास्थलमा गौरबाट दमकल पुग्न ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा पूर्ण क्षति भएको थियो ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र गाउँले मिलेर झण्डै चार घण्टापछि नियन्त्रणमा लिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


