ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं, २५ चैत । काठमाडौंको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
अस्पतालको छतमा रहेको हेलिप्याडमा शनिबार दिउँसो अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ ।हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
हेलिकप्टर विरामी लिनका लागि भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको विमानस्थल स्रोतले जनाएको छ ।
हेलिकप्टर अस्पतालको हेलिप्याडमै रहेको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


