सर्लाहीबाट लाखौं नक्कली नोटसहित एक युवक पक्राउ

सर्लाही, २४ चैत । सर्लाही प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलरा नगरपालिका–५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद राय रहेका छन् ।
बरहथवा नगरपालिका–१७ स्थित बागमती सिचाई नहरमा मधेस प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले शंकाको आधारमा बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा रायले बोकेको झोला चेकजाँच गर्दा १ हजार दरको २६८ थान अर्थात २ लाख ६८ हजार रुपैयाँ नक्कली नक्कली नोट बरामद भएको थियो ।
उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ । अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बिआर ३० एम ३८२५ र बिआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


