जनकपुरधाम, २४ चैत । मधेस प्रदेश सरकारले २०८० सालमा ११ दिन सार्वजनिक बिदा दिने भएको छ ।

आगामी २०८० सालमा संघ सरकारले दिने बिदाका अतिरिक्त मधेस सरकारले विभिन्न पर्वको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरि राजपत्र प्रकाशित गरेको हो ।

मधेस सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, बकर ईद पैगम्बर मोहम्मदको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निर्णय गरेको छ ।

यस्तै, पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३ गते तराई होली पर्वको भोलिपल्ट र चैत २१ गते रामनवमीको अवसरमा बिदा दिने गरि राजपत्र प्रकाशित गरिएको गृह तथा सञ्चार मन्त्रालयका निमित्त सचिव देवेन्द्र कुमार झाले जानकारी दिए ।

मधेस सरकारको बिदा प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ ।