महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका एक थुनुवा फरार

जनकपुरधाम,२४ चैत । जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव फरार भएका हुन् ।
आरोपी यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित डाक्टर राघवेन्द्र झाको क्लिनीकमा ल्याइएको थियो ।
उपचारको क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका आरोपी यादव अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


