काठमाडौं, २३ चैत । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा पैसा बिछ्याएर सुतेको भिडिओ बनाई टिकटकमा राख्ने एकजनालाई नियन्त्रणमा लिएको छ ।

महोत्तरी बर्दिबास घर भई ललितपुर बस्ने सुलभ आचार्यले खाटमा पैसा बिछ्याएको भिडिओ भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा सोधपुछ गर्दा उनले विदेश पढ्न जान कलेजलाई बुझाउनुपर्ने पैसा खाटमा बिछ्याएर भिडिओ बनाएको पाइएको छ ।

आचार्य पक्राउ परेको र आइन्दा त्यस्तो कार्यमा संलग्न नहुने सर्तमा छोडिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।