सप्तरीमा मस्जिदको विषयमा झगडा, दुईजना घाइते

सप्तरी, २३ चैत । सप्तरीमा मस्जिदको विषयलाई लिएर झगडा हुँदा दुईजना घाइते भएका छन् ।
जिल्लाको शम्भुनाथ नगरपालिका–१२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको बिषयलाई लिएर झै–झगडा हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
झै–झगडामा ईस्लाम मियाको शरिरको बिभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदका ११ वर्षीय छोरा मो. अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


