सप्तरी, २२ चैत । सप्तरीमा गहुँ काट्ने थ्रेसरमा कपाल फँसेपछि एकजना महिला घाइते भएकी छन् ।

घाइते हुनेमा जिल्लाको खडक नगरपालिका–८ खेस्राहा बस्ने गुदुर मियाँकी ३५ वर्षीया पत्नी मैहरुम खातुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नै खेतमा गहँ काट्नेु थ्रेसरमा दाउने क्रममा थ्रेसरको पट्टामा मैहरुमको कपाल फँस्दा उनको टाउको र कपालसहित आधा छाला ताछिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घाइते मैहरुमलाई थप उपचारका लागि विराटनगर पठाइएको डीएसपी सिंहले बताए ।

प्रदेश–२–०१–००१ त ०२१५ नम्बरको ट्याक्टरसहित थ्रेसर प्रहरीको नियन्त्रणमा रहेको तथा चालक फरार भएकाले उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।