यातायात कार्यालय वीरगञ्जबाट एकैदिन १० जना बिचौलिया पक्राउ

पर्सा, २२ चैत । पर्सा प्रहरीले वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयबाट एकैदिन १० जना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१२ का २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर–१३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर–१५ का ४० वर्षीय दिपलाल साह, सोही वडाका ४६ वर्षीय, वडा नम्बर–३ का ३७ वर्षीय रञ्जित गुप्ता, वडा नम्बर–११ का २३ वर्षीय लालबाबु महत्तो, सोही वडाका ४५ वर्षीय राजेश लामा रहेका छन् ।
यस्तै पर्साको कालिकामाई गाउँपालिका–४ का ४० वर्षीय राजेश महतो, बाराको परवानीपुर गाउँपालिका–५ का ४५ वर्षीय दरोगा दास र बाराकै प्रसौनी गाउँपालिका–६ का ३० वर्षीय मुकेश साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्यालयमा आउने सेवाग्राहीलाई छिटोछरितो रुपमा काम गराइदिने प्रलोभन दिएर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनले यातायात कार्यालयमा बिचौलीयाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुगमनका लागि टोली खटिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


