बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

चितवन, २१ चैत । चितवनमा बसले ठक्कर दिँदा एकजना साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रत्ननगर नगरपालिका–१ बस्ने ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।
पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्री पराजुलीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


