सप्तरी, २१ चैत । सप्तरीबाट विद्युत चुहावट गर्ने पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने २४ वर्षीय जयराम मण्डल, ५० वर्षीय देवनारायण मण्डल, ४० वर्षीय संतोष मण्ड, राजगढ गाउँपालिका–४ का ६५ वर्षीय शिव प्रसाद साह र ५३ वर्षीय जगदेव यादव रहेका छन् ।

सोमबार साँझ अनाधिकृत रुपले विद्युत चुहावट गरिरहेको अवस्थामा विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।