काठमाडौं, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ३ रूपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर १० रूपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँले घटाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रूपैयाँ, डिजल र मट्टितेलको बिक्री मूल्य प्रतिलिटर १६५ रूपैयाँ कायम भएको छ ।