महोत्तरी, १७ चैत । महोत्तरीको सदरमुकाम जलेश्वरमा तेस्रो लिङ्गी समुदायले रथयात्रा निकालेका छन् ।

शुक्रबार कलश शोभा यात्रा निकाल्दै भजन किर्तनसहित नगर परिक्रमा गÞरेका उनीहरुले महादेव मन्दिरमा घण्टी स्थापना गरेका हुन् ।

तेस्रो लिङ्गी समाजका अध्यक्ष मुस्कान किन्नरले जलेश्वरबासीसँग आफूहरुले आवश्यक सहयोग र सम्मान पाएको बताइन् ।

उनले नगरबासीलाई धन्यवाद दिदै यहाँका नागरिकको सुख, शान्ति तथा समृद्धिका लागि जलेश्वरनाथ महादेवसँग प्रार्थना गर्दै उक्त घण्टी स्थापना गरिएको बताइन् ।

कार्यक्रममा नेपाल तथा भारतबाट किन्नर समुदायको प्रतिनिधित्व गर्ने व्यक्तिहरू लगायत स्थानियकोसमेत उपस्थिति थियो ।