धनुषाबाट मिटरब्याजीको आरोपमा ३ जना पक्राउ

जनकपुरधाम, १७ चैत । धनुषा प्रहरीले मिटरब्याजीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका वडा नम्बर–२ बस्ने ३६ वर्षीया पुनिता देवी यादव, सोही ठाउँ बस्ने ४० वर्षीय बुदुुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहिया बस्ने ३५ वर्षीय श्रवण दास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको जानकारी दिए । उनलाई सोही उजुरीको आधारमा पक्राउ गरिएको हो ।
अन्यहरुलाई पनि मिटरब्याजको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


