जनकपुरधाम, १७ चैत । महोत्तरीको एक परीक्षा केन्द्रको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

जिल्लाको बलवा नगरपालिका वडा नम्बर–१० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो ।

परीक्षा केन्द्रको सुरक्षामा खटिएका पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो ।

उनको उपचारको क्रममा बिहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

रौतहटको गौर नगरपालिका वडा नम्बर–२ स्थायी घर भएका असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए ।