१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं, १६ चैत । झण्डै ८ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४५ वर्षीया भल्लालामी र २९ वर्षीया इस्टर लालिम्पुरी रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद भएको हो ।
त्यस्तै १४ चैतमै इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनीहरु दुबैजनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


