काठमाडौं, १६ चैत । काठमाडौंमा आन्दोलनरत चारजना मिटरब्याज पीडितहरु अस्पताल भर्ना भएका छन् ।

१२ दिनसम्म पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं पुगेका ७३ मध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकारी दिएका हुन् ।

अस्वस्थ भएका उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै आएर जाँच गरेको उनले बताए । उनीहरुमध्ये ९ जनालाई थप स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गरिएको हो ।

अस्पताल गएका ९ मध्ये ५ जना फर्केका छन् भने बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको दाहालले बताए । अस्वस्थ भएका उनीहरुलाई चिसो लागेको प्रारम्भिक परीक्षणमा देखिएको हो ।