जनकपुरधाम, १५ चैत । मधेस प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको निर्णयअनुरुप बिहीबार प्रदेशमा बिदा दिइएको हो ।

हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।