मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, १४ चैत । नेपाल सरकारले मिटरब्याजमा रकम असुली गर्ने व्यक्तिलाई अपराधी मानिने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजमा रकम असुली गर्ने कार्यलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार मुलुकी फौजदारी संहितालगायतका कानून संशोधन गरेर प्रक्रिया पूरा गर्न मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय भएको हो ।
साहुकारसँग लिएको चर्को ब्याजको ऋणका कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेसका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं पुगेको छ ।
उनीहरुले काठमाडौं गएर माइतीघरमा प्रदर्शन थालेको दुई दिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


