घरमा काम गरेबापतको ज्याला माग्दा सप्तरीमा कुटपिट

सप्तरी, १४ चैत । सप्तरीमा काम गरेबापतको ज्याला माग्दा कुटपिट भएको छ ।
सोमबार राति जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–६ बस्ने गंगा सुतिहारले स्थानीय २७ वर्षीय सन्तोष कुमार रजकलाई कुटपिट गरेका हुन् ।
रजकले सुतिहारको घरमा काम गरेबापतको ज्याला मागेको विषयलाई लिएर कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका रजकको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
कुटपिट गर्ने सुतिहारको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


