सप्तरीमा इँटाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु

सप्तरी, १४ चैत । सप्तरीमा एक इँटाभट्टाको पर्खाल भत्किँदा एक भारतीय मजदुरको मृत्यु भएको छ भने दुईजना जना घाइते भएका छन् ।
जिल्लाको रुपनी गाउँपालिकास्थित पिपराहीमा रहेको जेएसआर इँटाभट्टाको पर्खाल भत्किँदा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको हो ।
घाइते हुनेमा मृतककी श्रीमती मुजिना र भारत पश्चिम बंगालकै जहरुल हक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
मजदुरहरूले इँट्टा निकाल्ने क्रममा भट्टाको पूर्वपट्टीको पर्खाल भत्किएको थियो ।
पर्खालले थिचेका अजिमलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको थियो । तर, अस्पतालले अस्पताल आउनु अघि नै उनको मृत्यु भएको बताएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


