बाराको सिम्रौनगढमा आगलागी हुँदा ६ घरगोठ जलेर नष्ट

बारा, १४ चैत । बाराको सिम्रौनगढमा आगलागी हुँदा ६ घरगोठ जलेर नष्ट भएका छन् ।
जिल्लाको सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा मंगलबार बिहान स्थानीय रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको हो ।
सो वडाका वडाध्यक्ष अरबिन्द मुखियाले आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेको बताए ।
बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


