सरकारी वेबसाइटका पुराना वेबपेज सामग्री र लिंक हटाउन निर्देशन

काठमाडौं, १३ चैत । प्रधानमन्त्री कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ ।
कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेकोले सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेको भन्दै ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिइएको हो ।
प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डेटावेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको बताए ।
सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेको हुँदा समयमै अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने अवस्था भएकाले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


